अमेरिकी सर्वोच्च अदालतको फैसलामा बोरिस जोनसनले भने : पछाडितर्फ ठूलो कदम
मेरोन्यूज
२०७९ असार ११ गते १४:२२

काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी गरेको फैसलालाई ‘पछाडितर्फ ठूलो कदम’ भनेका छन् ।
रुवाण्डाको राजधानी किगालीमा कमनवेल्थ सरकार प्रमुखको बैठकका क्रममा जोनसनले अमेरिकी सर्वोच्च अदालतको फैसलाले ‘विश्वभरका मानिसको सोचमा ठूलो प्रभाव पारेको’ बताए ।
‘मलाई लाग्छ कि यो पछाडितर्फ ठूलो कदम हो, म सधैं महिलाको छनौट गर्ने अधिकारमा विश्वास गर्छु, म त्यो दृष्टिकोणमा अडिग छु, तसर्थ, बेलायतमा कानुन छ ’, उनले भने ।
अमेरिकी सर्वोच्च अदालतले एउटा महत्वपूर्ण फैसलामा शुक्रबार देशव्यापी रूपमा गर्भपतनलाई वैद्य हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याइदिएको थियो ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया