संकटमा पाकिस्तानी फिल्म

काठमाडौं । पाकिस्तानका कलाकारहरू भलै बलिउड फिल्ममा नदेखिए पनि उनीहरूका फ्यान फलोइङ भारतमा उच्च छ । चाहे माहिरा खान हुन् या फवाद खान भारतीय फ्यानमाझ पाकिस्तानी कथावस्तु र कलाकार दुवै निकै प्रिय छन् ।
पाकिस्तानका टेलिफिल्मलाई भारतीय दर्शक जहाँबाट भए पनि खोजेर हेर्ने गरेका छन् ।
तर, अहिले भने पाकिस्तानी फिल्म एक कठिन संकटमा परेको छ । दर्शक थिएटरमा फिल्म हेर्न गइरहेका छैनन् । सिंगल थिएटरमात्र होइन मल्टीप्लेक्स हल पनि संकटमा पुगिसकेका छन् । थिएटर तथा हललाई भाडा र बिजुलीको बिल तिर्न पनि समस्या परेको छ ।
कराँचीमा एक लोकप्रिय थिएटर कापरी सिनेमाले फिल्म प्रदर्शनका लागि नयाँ नियम बनाएको छ । जसअनुसार यो सिंगल थिएटरमा अब हप्ता हप्तामा मात्र फिल्म रिलिज हुनेछ । यसको प्रमुख कारण पाकिस्तानी जनतालाई पुनः थिएटरमा तान्नु हो ।
कोभिड संक्रमण रोकिएपछि जब पाकिस्तानी सरकारले पुनः थिएटर खोल्नका लागि अनुमति दियो, तब थिएटर मालिक कसैले पनि सटर उठाउन चाहेनन् । पाकिस्तानमा बलिउड फिल्मको शो बन्द भएपछि नै फिल्मका वितरक, निर्माता र थिएटर मालिकबीच एक शीतयुद्ध चलेको थियो । कोभिडका कारण पटक पटक फिल्म हल बन्द भएपछि त्यहाँको फिल्मको व्यापारको अवस्था झन खस्कियो ।
हलिउडको ‘डाक्टर स्ट्रेन्ज एण्ड द मल्टीवर्स अफ मेडनेस’ र ‘टप गनः मेवेरिक’ जस्ता फिल्मको टिकट बिक्न त बिक्यो, तर फिल्मले त्यहाँ दमदार कमाई गर्न सकेन । एक थिएटर सञ्चालकले यस्तै अवस्था आइरहे आफूले व्यापार बन्द गर्ने बताए । किनकी थिएटरमा खर्च कमाई भन्दा बढी छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया