रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने

मस्को । ‘आक्रामक’ पश्चिमको सामना गर्न रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।
आफ्ना छिमेकीहरू लिथुआनिया र पोल्याण्डको ‘द्वन्द्वात्मक’ र ‘घृणित’ नीतिहरूको बारेमा चिन्ता व्यक्त गर्दै बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले पुटिनसँग सहयोगका लागि अनुरोध गरेका थिए । त्यसको जबाफमा पुटिनले लुकासेन्कोलाई बेलारुसको रुसी निर्मित एसयु–२५ अपग्रेड गर्न सकिने आश्वासन दिए ।
बैठकबारे विदेश मन्त्रालयले पुटिनलाई उदृत गर्दै भनेको छ, ‘हामी बेलारुसलाई इस्कन्डर–एम रणनीतिक मिसाइल प्रणाली हस्तान्तरण गर्नेछौं, जसले ब्यालिस्टिक र क्रूज मिसाइलहरू दुवै परम्परागत र आणविक भर्सनमा प्रयोग गर्न सक्छ ।
बेलारुस र उसको नजिकको सहयोगी रूसलाई एउटै छातामुनि राख्दै लुकासेन्कोले भने, ‘ब्रेस्टदेखि भ्लादिभोस्तोकसम्म हाम्रो मातृभूमिको रक्षाका लागि गम्भीर हतियारको प्रयोग गर्नदेखि जुनसुकै कुराको लागि मिन्स्क तयार हुनुपर्छ ।’
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया