चुनवाङ रुकुम पूर्वमा सिटिजन्स बैंकको शाखारहित सेवा

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
यसै क्रममा बैंकले रुकुम जिल्लाको भुमे गाउँपालिका ९ चुनवाङ रुकुम पूर्व यही आषाढ १०, गतेबाट ९६ औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । उक्त स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखारहित बैंकिङ्गबाट निक्षेप, संकलन रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखय विश्वास एंव बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
आफ्ना ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधा सुरुवात गरिसकेको छ । बैंकले हाल देशभर १७५ वटा शाखा, १२७ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ ।















यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
प्रतिक्रिया