बिहीबार, माघ १, २०८२

चुनवाङ रुकुम पूर्वमा सिटिजन्स बैंकको शाखारहित सेवा

मेरोन्यूज २०७९ असार १३ गते १४:४४

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले रुकुम जिल्लाको भुमे गाउँपालिका ९ चुनवाङ रुकुम पूर्व यही आषाढ १०, गतेबाट ९६ औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । उक्त स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङ्गबाट निक्षेप, संकलन रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखय विश्वास एंव बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधा सुरुवात गरिसकेको छ । बैंकले हाल देशभर १७५ वटा शाखा, १२७ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया