एक करोड जरिवाना गरिएका घिसिङ पक्राउ
काठमाडौँ । प्रहरीले उच्च अदालत पाटनबाट एक करोड दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएका एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवाना तोकेपछि फरार रामेछापको सुनापति गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय विनोद घिसिङलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उक्त रकम तथा २१ दिन कैद सजाया ठहर गरेपछि फरार घिसिङलाई आज जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए ।
घिसिङले आफ्नो मेघा बैंक लिमिटेड बौद्ध शाखाको खातामा पर्याप्त रकम नभएको जानी–जानी पीडितलाई झुक्याएर ठगी गरेपछि अदालतले उक्त फैसला गरेको हो । घिसिङलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
















तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया