जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृत्यु
मेरोन्यूज
२०७९ असार १५ गते ७:२४

बोगोटा । दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् । ‘अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ’,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।
आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै क्याराकोल रेडियोले जनाएको छ ।
विवरणअनुसार ४० जनाभन्दा बढी घाइते भएका छन् । निवर्तमान राष्ट्रपति इभान ड्यूकले ट्विट गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति जनाएका छन् ।
‘जेलमा भएका घटनाहरूप्रति खेद व्यक्त गर्दछौं’, उनले भने । ल्याटिन अमेरिकामा घातक जेल दंगा बारम्बार हुने गरेका छन् । कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका ६ ओटा दंगामा झन्डै ४०० कैदी मारिएका छन् ।
सम्बन्धित
















तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया