युक्रेन युद्धः ६ दशमलब २ मिलियन मानिस देशभित्रै विस्थापित

किभ । युक्रेनमा रुसको आक्रमणका कारण अहिले ६ दशमलब २ मिलियनभन्दा बढी मानिसहरु घरबार छोडेर देशभित्रै बस्न बाध्य भएको अनुमान गरिएको राष्ट्रसंघले जनाएको छ ।
यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता भएका ५ दशमलब २६ मिलियन मानिसहरूको अतिरिक्त हो ।
जुन २३ सम्म युक्रेनमा अनुमानित ६।२७५ मिलियन आन्तरिक विस्थापित व्यक्ति ९आईडीपी० रहेका राष्ट्र संघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन ९आईओएम० ले जनाएको छ । यो २४ फेब्रुवरीमा रूसी आक्रमण पछि आइओएमद्वारा रेकर्ड गरिएको सबैभन्दा कम आइडीपीको संख्या हो ।
फेब्रुवरीदेखि ६ वटा सर्वेक्षण गरेको संयुक्त राष्ट्रसंघीय निकायले ३ मेमा प्रकाशित चौथो सर्वेक्षणमा आईडीपीको संख्या ८ मिलियन पुगेको बताएको छ । पछिल्लो सर्वेक्षणले सुरुमा भागेका ९देशभित्र र बाहिर० ५ दशमलब ५५ मिलियन मानिसहरू आफ्नो घर फर्केको जनाएको छ










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया