आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
मेरोन्यूज
२०७९ असार १६ गते ७:१०

काठमाडौं । बिहीबार बिहान मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक९दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।
राति भारी वर्षा केही कम हुने आकलन गरिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।
सम्बन्धित













काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया