ओन्टारियोसँग टी-२० खेल खेल्दै नेपाल

काठमाडौं / दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ ।
खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो ।
पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो ।
यसपछि सन्दीप लामिछानेको कप्तानीमा नेपालले टिमले क्यानडासँग दुई एकदिवसीय श्रृंखला खेल्नेछ । पहिलो खेल ४ जुलाई र दोस्रो ५ जुलाईमा रहेको छ ।
त्यसलगत्तै नेपाली टिम स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिविया भिड्नेछन् ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया