कोरोनाविरुद्धको खोप लगाउन छुटेका २७ जिल्लाका बालबालिकालाई साउन २ देखि दिईने
मेरोन्यूज
२०७९ असार २० गते ७:२३

काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको खोप लगाउन छुटेका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई साउन २ गतेदेखि फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७ जिल्लाका बालबालिकालार्इ दोस्रो डोजसँगै छुटेकाहरूलाई पनि साउन २ गतेदेखि पहिलो डोज खोप दिन लागिएको हो ।
कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा आईतबार आइपुगेको २२ लाख ९९ हजार २०० डोज खोप बालबालिकालाई दिन लागिएको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । असार ९ गतेदेखि १५ असारसम्म पहिलो डोज २७ जिल्लामा दिइएको थियो । भने दोस्रो डोज साउन २ देखि ८ गतेसम्म दिइने छ ।
बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइने विभागले जनाएको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया