बुधबार, चैत २५, २०८२

कोरोनाविरुद्धको खोप लगाउन छुटेका २७ जिल्लाका बालबालिकालाई साउन २ देखि दिईने

मेरोन्यूज २०७९ असार २० गते ७:२३

काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको खोप लगाउन छुटेका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई साउन २ गतेदेखि फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७ जिल्लाका बालबालिकालार्इ दोस्रो डोजसँगै छुटेकाहरूलाई पनि साउन २ गतेदेखि पहिलो डोज खोप दिन लागिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा आईतबार आइपुगेको २२ लाख ९९ हजार २०० डोज खोप बालबालिकालाई दिन लागिएको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । असार ९ गतेदेखि १५ असारसम्म पहिलो डोज २७ जिल्लामा दिइएको थियो । भने दोस्रो डोज साउन २ देखि ८ गतेसम्म दिइने छ ।
बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइने विभागले जनाएको छ ।

प्रतिक्रिया