बेलायतमा अर्थमन्त्री सुनकले राजीनामा दिएपछि संकटमा जोनसन सरकार
मेरोन्यूज
२०७९ असार २२ गते ७:१८

लन्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिएका हुन् ।
आफ्नो सरकारमा यौन दुव्र्यवहारको आरोपको सामना गरेका टोरी सांसद नियुक्त गरेकोमा प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो ।
सुनकले आफ्नो राजीनामा पत्रमा ‘सरकार छाड्दा दुखी’ भएको तर सरकारलाई साथ दिन नसक्ने निस्कर्षमा पुगेको बताएका छन् ।
सुनकले राजीनामा पत्रमा भनेका छन्, ‘सरकारलाई सही, सक्षम र गम्भीरताका साथ सञ्चालन गर्ने जनताको अपेक्षा छ । ’ जनताले ‘सरकार सही, दक्ष र गम्भीरताका साथ सञ्चालन हुने’ उनले अपेक्षा गरेका छन् ।
यसैबीच लेवर नेता सर केयर स्टाररले जोनसन सरकारको पतन हुन लागेको टिप्पणी गरेका छन् ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रवि लामिछाने आज नछुट्ने
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया