ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई आजबाट बिक्री खुल्ला

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बुधबारदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोडको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । यो एक बन्दमुखी योजना हो ।
निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्य १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र १ करोड ६२ लाख इकाई कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम सयदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिने कम्पनीले जनाएको छ ।
दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेभ तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया