शुक्रबार, वैशाख २५, २०८३

‘गुण्डा नाइके’ समीरमान बस्नेत भेट्न कारागार पुगेका डिएसपीलाई विभागीय कारबाही

मेरोन्यूज २०७९ असार २२ गते १६:५१

काठमाडौं । हत्या आरोपितलाई भेट्न गएको भन्दै कारागार पुगेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिलन केसीलाई विभागीय कारबाही भएको छ।

Advertisement
NiccNicc

केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई भेट्न गएको भन्ने घटना बाहिरिएपछि छानबिन भएको थियो ।

त्यस प्रकरणमा उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विभागीय कारबाही गरेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नेतृत्वको तीन सदस्यीय छानबिन समिति बनेको थियो । सो समितिले उनलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

छानबिन समितिले डिएसपी केसीको कारागारमा गलत मनसायले नपुगेको देखाएको छ। तर उनले पदीय दुरूपयोग गरेको ठहर गरेको छ । डिएसपी केसी आफैंले नै बस्नेतलाई नभेटेको पनि प्रतिवेदनमा उल्लेख छ ।

समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार हुन् । उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। डिएसपी केसी जेठ २९ गते आइतबार सुन्धारास्थित कारागार पुगेका थिए ।

प्रतिक्रिया