सशस्त्र प्रहरीमा इन्स्पेक्टरको बढुवाका लागि ७ दिनभित्र आवेदन दिन आह्वान
मेरोन्यूज
२०७९ असार २३ गते १३:०८

काठमाडौं । सशस्त्र प्रहरीमा प्राविधिक समूह, स्वास्थ्यतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको स्वास्थ्यतर्फको इन्स्पेक्टर पदमा बढुवा प्रक्रिया शुरु गरेको हो ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदुर खड्काले सशस्त्र प्रहरी बलमा प्राविधिक समूह, स्वास्थ्यतर्फको रिक्त इन्स्पेक्टर पदमा बढुवाका लागि बुधबार साँझ सूचना प्रकाशित गरेका छन् ।
डीआईजी खड्काले जारी गरेको सूचनामा प्राविधिक समूह, स्वास्थ्यतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि ७ दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।
डीआईजी खड्का बढुवा समितिका सदस्य सचिव हुन् ।

सम्बन्धित
















सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया