चेक चोरेर करोडौं कुम्याउन खोज्ने भेटवाल पक्राउ

काठमाडौँ । चेक चोरेर दुई करोड २९ लाख रुपैयाँ निकाल्न लागेका अभियोगमा एक जना पक्राउ परेका छन् । जुवा खालमा चेक चोरेर विभिन्न मिति उल्लेख गरी उक्त रकम भरेर रकम निकाल्न खोजेको अभियोगमा सुभास भेटवाललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ प्रहरी परिसरका अनुसार भेटवालले जुवा खालमा चेक चोरेर विभिन्न मिति उल्लेख गरी दुई करोड २९ लाख रुपैयाँ भरेर रकम निकाल्न खोजेको भन्दै सिन्धुलीका राजकुमार बरालले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा आपराधिक विश्वासघातको कसुरमा बिहीबार दिउँसो पक्राउ हो ।
गत असोजमा जाहेरवाला बराल, भेटवालसहितका व्यक्ति तास खेलेका थिए । रक्सी खाँदै तास खेल्दा आफ्नो सात थान चेक हराएको भन्दै बैंकमा ब्लक गराएका थिए ।
उनको निवेदनपछि प्रहरीले परिसरमा बोलाएको थियो । जसमा उनले दुई करोड २९ लाख रुपैयाँ रकम भरेको खुलेको थियो । भेटवालले तासमा आफूले त्यो रकम बराबर जितेको र चेक लिएको दाबी गरेका थिए ।















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया