शुक्रबार, माघ ९, २०८२

चेक चोरेर करोडौं कुम्याउन खोज्ने भेटवाल पक्राउ

मेरोन्यूज २०७९ असार २३ गते १८:५६

काठमाडौँ । चेक चोरेर दुई करोड २९ लाख रुपैयाँ निकाल्न लागेका अभियोगमा एक जना पक्राउ परेका छन् । जुवा खालमा चेक चोरेर विभिन्न मिति उल्लेख गरी उक्त रकम भरेर रकम निकाल्न खोजेको अभियोगमा सुभास भेटवाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी परिसरका अनुसार भेटवालले जुवा खालमा चेक चोरेर विभिन्न मिति उल्लेख गरी दुई करोड २९ लाख रुपैयाँ भरेर रकम निकाल्न खोजेको भन्दै सिन्धुलीका राजकुमार बरालले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा आपराधिक विश्वासघातको कसुरमा बिहीबार दिउँसो पक्राउ हो ।

गत असोजमा जाहेरवाला बराल, भेटवालसहितका व्यक्ति तास खेलेका थिए । रक्सी खाँदै तास खेल्दा आफ्नो सात थान चेक हराएको भन्दै बैंकमा ब्लक गराएका थिए ।

उनको निवेदनपछि प्रहरीले परिसरमा बोलाएको थियो । जसमा उनले दुई करोड २९ लाख रुपैयाँ रकम भरेको खुलेको थियो । भेटवालले तासमा आफूले त्यो रकम बराबर जितेको र चेक लिएको दाबी गरेका थिए ।

प्रतिक्रिया