पोखरामा फाइनल खेल चलिरहँदा हलमा आगलागी भएपछि…
मेरोन्यूज
२०७९ असार २६ गते २०:२४

काठमाडौँ । पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा आगलागी भएको छ । कभर्ड हलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।
उनका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भएको थियो ।
प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेलपछि पुनः सञ्चालनमा ल्याइएको हो । समयमै नियन्त्रणमा लिइएकाले आगलागीबाट ठूलो क्षति हुनबाट जोगिएको छ ।
क्षतिको विवरण आउन बाँकी छ । नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हक्कीको फाइनल खेल सञ्चालन भइरहेको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया