दाङ पूर्ण खोप सुनिश्चित घोषित

दाङ । दाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बनेको छ । जिल्लाका १० वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि बिहीबार जिल्ला नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला बनेको हो ।
जिल्ला खोप समन्वय समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा एक कार्यक्रम गरी खोपको सुनिश्चिततासँगै यसको दिगोपनाका लागि सबै पक्षले काम गर्ने प्रतिवद्धतासहित घोषणा गरिएको हो ।
प्रमुख शर्माले नेपाल सरकारले लिएको यो लक्ष्यलाई पूरा गर्न सबै तह र तप्का निरन्तर लाग्नुपर्ने बताए । स्वस्थ शरीर नै व्यस्त जनशक्तिको मुख्य आधार भएको भन्दै उनले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनका लागि नेपाल सरकारले ल्याएको अभियानलाई सबैले आत्मसात गर्न पनि आग्रह गरे । बालबालिकाहरुलाई खोप गर्भदेखि ‘मौलिक हक’ भएको भन्दै सबैलाई खोपको पहुँचमा पुर्याउन सचेत गराए ।
जिल्ला खोप समन्वय समिति सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जन्मेदेखि १५ महिनासम्म लगाउने खोप सबैले लगाइसकेको प्रमाणिकरणसमेत भैसकेपछि गरिएको यो अभियानलाई अब दिगोपन बनाउन ध्यान दिनुपर्ने बताए ।
गत वर्ष ४ पालिका मात्रै पूर्ण खोप सुनिश्चित भएको स्मरण गराउँदै उहाँले कोरोनाले असर गर्दा सम्भव नभएपनि यो पटक ढिलै भएपनि सफल भएको बताए ।
असारको ३ गते राप्ती गाउँपालिकालाई जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेसँगै शुरु भएको पालिका स्तरीयपूर्ण खोप सुनिश्चित घोषणा अभियान अन्तर्गत असार २६ गते बबईलाई सबैभन्दा पछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बुटवलका प्रतिनिधि गणेशप्रसाद सापकोटाले अब खोप संस्था कहाँ छ भन्दै बालबालिकालाई खोप लगाउने गरी उत्प्रेरण जगाउन अभिभावकलाई सचेत बनाउन आवश्यक रहेको बताए ।
जिल्लाका सबै पालिकाहरुले नेपाल सरकारले ल्याएका सबै स्वास्थ्य कार्यक्रमहरुलाई पालिकाले पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसका लागि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने पनि उनीहरुको अभिव्यक्ति रहेको थियो । समृद्ध पालिका निर्माणका लागि स्वस्थ जनशक्ति आवश्यक हुने आफूले परिकल्पना गरेको पनि स्थानीय पालिकाले जनाएका छन् ।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया