शनिबार, माघ १०, २०८२

आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

मेरोन्यूज २०७९ असार ३१ गते ९:५८

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
आज रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात सर्वोच्चले फैसलाको प्रक्रिया थाल्नेछ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी पटकपटक सरदै आएको छ ।

एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो ।

प्रतिक्रिया