आईजीपी नियुक्ति विवाद : विश्वराज पोखरेलले दायर गरेको रिट खारेज
धिरज प्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपीमा धिरज प्रताप सिंहलाई गरिएको नियुक्त कानुनसम्मत नभएको भनी एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।
धीरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो । सर्वोच्चले रिट खारेज गरेसँगै सिंह प्रहरीको आईजीपी कायम रहने भएका छन् ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको शुक्रबारको संयुक्त इजलासले सिंहलाई आईजी बनाउने सरकारको निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट खारेज हुने फैसला सुनाएको हो।
शुक्रबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जबाफी बहस सकेपछि सर्वोच्चले सरकारकी निर्णय सदर हुनेगरी रिट खारेज हुने फैसला सुनाएको हो ।
वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा मुद्धा दायर गरेका थिए । वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदरभागी हुने जिकिर रिटमा गरिएको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया