मोरङ कारागारमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो
मेरोन्यूज
२०७९ साउन १ गते ११:३९

बिराटनगर । मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना लक्षण देखिएकाे आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कारागारमा कोरोना संक्रमण पुष्टि हुने कैदीबन्दीको संख्या ५४ पुगेको छ ।
अत्यधिक ज्वरोका कारण गत बिहीबार कैदी निरबहादुर नेपालको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएपछि कारागार प्रशासनले कोरोना संक्रमण भएको आशंकामा परिक्षण सुरु गरेको थियो ।
जसअनुसार शुक्रबार मात्रै ज्वरो आएका २३ कैदीबन्दीको एन्टिजेन परीक्षण गर्दा १९ जनामा पोजिटिभ रिपोर्ट आएको थियो । कारागार प्रमुख तुलसीराम भगतका अनुसार शनिबार थपिएका ३५ संक्रमितलाई आइसोलेट गरेर राखिने र स्वास्थ्य समस्या देखिए कोशी कोभिड अस्पताल लैजाने तयारी गरिएको छ ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया