मोरङ कारागारमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो
मेरोन्यूज
२०७९ साउन १ गते ११:३९

बिराटनगर । मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना लक्षण देखिएकाे आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कारागारमा कोरोना संक्रमण पुष्टि हुने कैदीबन्दीको संख्या ५४ पुगेको छ ।
अत्यधिक ज्वरोका कारण गत बिहीबार कैदी निरबहादुर नेपालको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएपछि कारागार प्रशासनले कोरोना संक्रमण भएको आशंकामा परिक्षण सुरु गरेको थियो ।
जसअनुसार शुक्रबार मात्रै ज्वरो आएका २३ कैदीबन्दीको एन्टिजेन परीक्षण गर्दा १९ जनामा पोजिटिभ रिपोर्ट आएको थियो । कारागार प्रमुख तुलसीराम भगतका अनुसार शनिबार थपिएका ३५ संक्रमितलाई आइसोलेट गरेर राखिने र स्वास्थ्य समस्या देखिए कोशी कोभिड अस्पताल लैजाने तयारी गरिएको छ ।
सम्बन्धित
















न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया