बाँकेमा चोरी पैठारीको छ करोडको सामान बरामद

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक वर्षको अवधिमा झण्डै रु छ करोड बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ । खुल्ला सीमा क्षेत्रको फाइदा उठाएर विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याइएको सो रकम बराबरको सामान प्रहरीले बरामद गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रहरी कार्यालयले रु पाँच करोड ९० लाख ५४ हजार बराबरका सामान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकरी दिए ।
अघिल्लो आर्थिक वर्षमा रु दुई करोड ५० लाखको अवैध मालसामान बरामद गरिएको थियो । चोरी पैठारी गर्ने ५३ जना पक्राउसमेत परेको प्रहरीले जनाएको छ । “खुल्ला सीमा क्षेत्र धेरै भएकाले चोरी पैठारीको समस्या बढी देखिएको छ, त्यसैले पनि प्रहरीले त्यस्ता ठाउँमा निगरानी बढाएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने । चालु विभिन्न मुद्दामा पक्राउ पर्ने प्रतिवादीको सङ्ख्या पनि अघिल्लो वर्षभन्दा झण्डै दोब्बर छ ।
गएको आर्थिक वर्षमा एक हजार ३२५ जना पक्राउ पर्दा त्यसअघि ७५७ जना पक्राउ परेका थिए । गएको आर्थिक वर्षमा प्रहरीले चार किलो बढी सुन पक्राउ गरेको थियो । मुद्दा दर्ता सङ्ख्या पनि अघिल्लो आर्थिक वर्षभन्दा बढेको छ । आव २०७८/७९ मा एक हजार १५७ मुद्दा दर्ता हुँदा त्यसअघि ८१३ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार लागुऔषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने सङ्ख्या केही घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा १२६ मुद्दा दर्ता भएकामा गत वर्ष ११२ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया