शुक्रबार, मंसिर १२, २०८२

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

मेरोन्यूज २०७९ साउन ४ गते १५:३०

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । पछिल्ला खेलमा नेपालले लगातार हार व्यहोरेपछि दासानायकेले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन्।

उनी ०७८ मंसिर २५ मा प्रशिक्षक नियुक्त भएका थिए। नेपाली क्रिकेट टिमको प्रशिक्षण सम्हाल्न उनी नियुक्तिको एक महिनापछि नेपाल आएका थिए ।

पुबुदुले दोस्रो कार्यकाल सम्हालेपछि नेपालले खेलका कुल १४ वटा एक दिवसीय खेलमा ९ वटामा हार, ४ मा जित र १ खेल टाइ भएको थियो । यसअघिका डेभिड ह्वाटमोरले पद छाडेपछि पुबुदुलाई नेपाली टोलीको प्रशिक्षक बनाइएको थियो ।

प्रतिक्रिया