‘द कपिल शर्मा’ शोमा फेरि डा.गुलाटीका रुपमा देखिँदै सुनिल ग्रोवर
मेरोन्यूज
२०७९ साउन ४ गते २२:३२

काठमाडौं । चर्चित रियालटी शो ‘द कपिल शर्मा’ शोमा डा.मशहुर गुलाटीको चरित्रबाट चर्चित सुनिल ग्रोवर पुनः गुलाटीको चरित्रमा पुनरागमन गर्ने भएका छन् ।
सोनी टिभीले हालै सार्वजनिक गरेको कमेडी शो ‘इन्डियाज लाफ्टर च्याम्पियन’ को प्रोमोमा सुनिलको डा.मशहुर गुलाटीको रुपमा प्रस्तुति पनि देख्न सकिन्छ । प्रोमोमा उनी डा.मशहुर गुलाटीको रूपमा स्टेजमा प्रवेश गरेका छन् ।
अर्चना पूरन सिंह र शेखर सुमन निर्णायक रहेको शोमा सुनिल अर्चना पूरन सिंहसँग फ्लट गरिरहेको समेत देखाइएको छ । दर्शक सुनिल ग्रोवरको यो चरित्र फेरि हेर्न उत्साहित छन् ।
सुनिलले २०१६ मा कपिल शर्मासँगको झगडापछि ‘द कपिल शर्मा’ शो छोडेका थिए । यसपछि सुनील ग्रोवरले फिल्म, वेब सिरिज र अन्य प्रोजेक्टमा मात्र ध्यान दिएका थिए । अब भने उनी फेरि पुरानै चरित्रमा देखिने भएका हुन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया