यु-२० फुटबल टोलीको कप्तानमा आयुष घलान
मेरोन्यूज
२०७९ साउन ५ गते १७:२८

काठमाडौ । मिडफिल्डर आयुष घलानले यु-२० साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।
१८ वर्षीय युवा खेलाडी आयुशले ‘बी’ डिभिजन लिगबाट सिधै राष्ट्रिय टिममा स्थान बनाएका थिए । उनी एक वर्षदेखि राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।
भारतमा आगामी साताबाट आयोजना हुने प्रतियोगिता अघि घाइते भएका स्ट्राइकर दिपेश राईको स्थानमा रोहित सुब्बालाई समावेश गरिएको छ ।
नेपाली टोली शुक्रबार भारततर्फ प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपालले माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
पाँच टोली सहभागिता प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा खेलाइनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि १८ साउनमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित









कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रतिक्रिया