सेनालाई २५ सय रोपनी जग्गा दिने पालिकाको निर्णय

काठमाडौँ । काभ्रेको पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ २५ सय रोपनी जग्गा दिने निर्णय गरेको छ । नगरले वडा नं ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायिक वन क्षेत्रमा उक्त परिमाणको जग्गा दिने निर्णय गरेको हो ।
नगरले इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ ब्लक क्षेत्रको दुई हजार ५०० रोपनी क्षेत्रफलको वन सेनालाई प्रयोग गर्न दिने निर्णय भएको नगरका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । उनका अनुसार पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजंग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो ।
नगरले इन्द्रेश्वर थल्पु सामुदायिक वनअन्तर्गत प्रयोग भइरहेको कित्ता नं २०९, २८९, ६१९ र ६०९ को वन सैनिक प्रतिष्ठान तालिम केन्द्रलाई दिन प्रक्रिया थालिएको जनाएको छ । यसका लागि जग्गा दिनेबारे आवश्यक कानुनी प्रक्रियासहित थप निर्णय गर्न जिल्ला प्रशासन कार्यालयलाई नगरको निर्णयसहित कागजात पठाइएको छ ।
यस्तै, नगरले आफ्नो निर्णयबारे कालिजंग गणलाई जानकारी गराएको छ । सेनालाई प्रतिष्ठान सञ्चालनार्थ सामुदायिक वन क्षेत्रको जमिन दिने विषयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग छलफल गर्ने तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)सहित वन मन्त्रालय जानु पर्ने जनाएको छ ।
‘नगरको निर्णय प्राप्त भएको छ, हामी सरोकारवालासँग छलफल गरी वन मन्त्रालयसँग थप समन्वय गर्ने छौँ,’ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने । नगरको निर्णयमा उक्त जग्गामा कुनै पनि संरचना बनाउन नपाइने, खुल्ला राख्नुपर्ने, स्थानीय उपभोक्तालाई हिँड्डुल तथा घाँस-दाउरा गर्न दिनुपर्ने, भवन बनाउन आवश्यक परे निजी जग्गा खरिद वा अधिग्रहण गर्नुपर्ने उल्लेख गरिएको अधिकारीले बताए । उनका अनुसार उक्त जग्गाको खुला स्थानमा सेनाले पार्क, उद्यान, प्रतिक्षालय तथा बगैँचा निर्माण गर्न सक्ने छ ।
प्रतिष्ठान सञ्चालनका क्रममा सेनाले अस्पताल पनि निर्माण गर्ने भनेको छ । सेनाले यहाँ स्थापना गर्ने अस्पतालमा आकस्मिकबाहेक अन्य उपचारमा भने सर्वसाधारणको पहुँच नहुने बताइन्छ । पनौतीमै भारत सरकारको अर्बौं रुपैयाँको सहयोगमा नेपाल प्रहरीको प्रतिष्ठानको निर्माण कार्य भइरहेको छ ।
















क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
टी–२० विश्वकप २०२६: विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित , इंग्ल्यान्ड ३० रनले पराजित
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया