शुक्रबार, मंसिर १२, २०८२

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त

मेरोन्यूज २०७९ साउन ६ गते १४:५५

काठमाडौं । राष्ट्रि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

पूर्वखेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् । 

यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए । 

महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदै छ । 

प्रतिक्रिया