शनिबार, वैशाख २६, २०८३

ब्राउन सुगरसहित दाङबाट ४ जना पक्राउ

मेरोन्यूज २०७९ साउन ६ गते १६:०२

काठमाडौं । ब्राउन सुगरसहित दाङको तुलसीपुरबाट चार युवा पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भ, तुलसीपुर ५ बसपार्कका २३ वर्षीय सन्तोष विक र बसपार्क बस्ने २५ वर्षीय निर्मल घर्तीको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

Advertisement
NiccNicc

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ६ स्थित शिवा शिखर कोलनी टोलमा ब्राउन सुगर बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले बिहीबार साँझ ६ बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

उनीहरूको साथबाट ४९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ। साथै नगद २३ हजार पनि बरामद भएको छ। पक्राउ परेका युवामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया