प्रेस युनियनको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु
मेरोन्यूज
२०७९ साउन ७ गते १५:२७

काठमाडौँ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । निर्वाचन अधिकृत प्रवीण हुमागाइँका अनुसार आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ ।
७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिसमेत गरी कूल मतदाता एक हजार ६७९ रहेको निर्वाचन अधिकृत हुमागाइँले जानकारी दिए । अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।
आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिएता पनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताए । मतदान कार्य आज साँझ ६ः३० बजेसम्म हुने बताइएको छ ।
सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
प्रतिक्रिया