स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन जरुरी छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरु सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यउक्ष तिमिल्सिनाले त्यस्तो बताएका हुन ।
तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोगहरु बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धी र पूर्व तयारीको काम गर्नुपर्ने बताए ।
नेपालको स्वास्थ्य क्षेत्रको क्षमताका कारण कतिपय बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था रहेको समेत अध्यक्ष तिमिल्सिनाले औल्याए । उनले भने,–‘नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्य सम्बन्धि अध्ययनका लागि रकम बाहिरिरहेको छ । यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो।अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन जरुरी छ।’
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले देशको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय सभाले देखाएको चासो र जनस्वास्थ्यका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरे । उनले अहिले सर्ने र नसर्ने रोगका कारण समस्या थपिरहेको सन्दर्भमा जनप्रतिनिधिले निर्वाह गर्ने भूमिकाले मन्त्रालयलाई मार्गनिर्देशन गर्ने अपेक्षा व्यक्त गरे ।
त्यसैगरी, विश्वस्वास्थ्य संगठनका नेपाल प्रमुख डा। राजेश संभाजीराव पाण्डवले आपत्कालिन पूर्वतयारी लाई सबल बनाउन र समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सांसदहरूको भूमिका महत्वपूर्ण रहेको बताए । ‘यहाँहरूले आफ्नो पद र जिम्बेवारीमार्फत आपतकालिन पूर्वतयारी र स्वास्थ्य सुरक्षाको सुदृढीकरणको लागि वकालत तथा नेतृत्व लिनुहुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
राष्ट्रिय सभाका सांसदहरू सहभागी रहनुभएको अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया