भक्तपुरमा रूख ढल्दा गुडिरहेको बस र स्कुटर किचियो
१५ जना घाइते, केहीको अवस्था गम्भिर, क्रेनले हटाइयो रुख
मेरोन्यूज
२०७९ साउन ८ गते १३:५७

काठमाडौं । भक्तपुरमा रूख ढल्दा बस र स्कुटर किचिएका छन्। सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किचिँदा १५ जना घाइते भएका छन् । लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटर रुखले किचेको हो । स्कुटर कच्याककुचुक भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले आइतबार दिउँसो एउटा रुख ढलेर बस र स्कुटर किचिएको जानकारी दिए ।
रुख किचिएर घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ।
केही घाइतेहरूको अवस्था गम्भीर छ। घटनापछि अहिले क्रेनले रूख हटाउने काम भईरहेको पनि प्रहरीले जनाएको छ ।
सम्बन्धित
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया