नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा नारायणकाजी श्रेष्ठको आपत्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन् ।
अन्तरबस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा सत्तारुढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गरे । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गर्नु भयो । दलहरुमा बैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाई थियो । उनले भने ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरबस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नु अघि नै राखेको छु , राष्ट्रिय सभामा बोलेको छु त । पारित गर्नु अघि ठाउँमा बोल्नु छैन । आफ्नो पार्टीमा पनि राखे । राष्ट्रियसभामा पनि बोले । त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसके त । यस सम्बन्धमा विचारको समस्या होईन । बैचारिक–सांस्कृतिक स्खलनको समस्या हो । निष्ठा कमजोर हँुदै गएको समस्या हो । तत्कालीक राजनीतिक स्वार्थहरुबाट प्रेरित हुँदै गएको समस्या हो । त्यसको कारणले चुनौति बढेको हो । र, खतरा पैदा भएको हो ।’
नेता श्रेष्ठले दलहरुले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको बताए ।
















बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया