शुक्रबार, मंसिर १२, २०८२

पोग्वालाई घुँडामा चोट

मेरोन्यूज २०७९ साउन १० गते ८:११

काठमाडौं । यसै समरमा इटालीयन क्लब युभेन्ट्स अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् ।
स्पेनिस महारथी बार्सिलोनाबिरुद्द प्री सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुडाको चोट बोकेका हुन् । बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ । चोटसँगै पोग्वा टिम बाहिर छन् ।

२९ वर्षीय पोग्वा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन् ।

दायाँ घुडाको चोट बोकेका पोग्वाले अघिल्लो खेलमा मेक्सिकन क्लब चिभास गुअडालाजारासँग २(० को जित निकाल्ने क्रममा मैदानमा उपलब्ध भएका थिए ।

प्रतिक्रिया