शनिबार, वैशाख १९, २०८३

साना चार वामद्दारा संर्घषका कार्यक्रम घोषणा

मेरोन्यूज २०७९ साउन १० गते १४:०९

काठमाडौं । साना चार वाम दलले राष्ट्रिय स्वाधिनता, राजनीतिक तथा आर्थिक क्षेत्रमा बढ्दै गएको संकट , नेपाली जनताको विकराल जनजीविकाको सवाल लगायतका विषयमा केन्द्रीत रहेर संर्घषका कार्यक्रम घोषणा गरेको छ ।

Advertisement
NiccNicc


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कटेटल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत वुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) ले कार्यगत एकतालाई रणनीतिक मोर्चाका रुपमा विकास गदै जनसंर्घषका कार्यक्रमलाई संयुक्त रुपमा अगाडी बढाउने भन्दै चरणबद्ध संर्घषको कार्यक्रम घोषणा गरेको हो ।

राजधानीमा आज पत्रकार सम्मेलन गरेर यी चार पार्टीले संयुक्त संर्घषका कार्यक्रम घोषणा गरेका हुन् । यधपी यो वाम मोर्चामा मोहन वैध किरण नेतृत्वको क्रान्तिकारी माओवादी भने सहभागी छैन । यस अगाडी कार्यगत एकता गदैं राण्नीतिक मोर्चा निर्माण गर्ने विषयमा मोहन वैध नेतृत्वको क्रान्तिकारी माओवादी पनि सागै रहेको थियो ।

चार पार्टीले घोषणा गरेको कार्यक्रम अन्र्तगत साउन १३ गते देशब्यापी कोणसभा, साउन १५ गते देशब्यापी मशाmल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तक्र्रिया र साउन २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रर्दशन गर्ने लगायतका छन् ।
त्यसपछि उच्चस्तरको दोस्रो चरणको संर्घषका कार्यक्रम घोषणा गर्ने उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया