नेपाल बैंकको नयाँ एटीएम रामशाह पथमा सुरु
मेरोन्यूज
२०७९ साउन १० गते १७:२६

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौँको रामशाह पथस्थित राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीको प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बिमा कम्पनीका सञ्चालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटीएमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थीलगायतको उपस्थिती थियो ।
यस बैंकले नेपालभर २१९ शाखा, १८३ एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया