नेपाल बैंकको नयाँ एटीएम रामशाह पथमा सुरु
मेरोन्यूज
२०७९ साउन १० गते १७:२६

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौँको रामशाह पथस्थित राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीको प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बिमा कम्पनीका सञ्चालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटीएमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थीलगायतको उपस्थिती थियो ।
यस बैंकले नेपालभर २१९ शाखा, १८३ एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया