गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटघाट
मेरोन्यूज
२०७९ साउन ११ गते १२:४६

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका नेता पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् ।
श्रेष्ठ निवास हात्तीबनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो ।
‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादीक केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भने ।
राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार नै निर्णयार्थ प्रस्तुत हुँदैछ । राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्री खाणले भेट गरेका हुन् ।
सम्बन्धित
















भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया