आर्थिक अभावले खसभाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेन

आर्थिक अभावका कारणले खस भाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेको छैन । कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोश दश वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन । पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोश प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो । आधुनिक शब्दले खस शब्द लोप हुँदै जाँदा खस भाषा नै सङ्कटमा पर्दै गइरहेको भन्दै तत्कालीन जिल्ला विकास समितिले जुम्ली शब्दकोष प्रकाशनका लागि कार्यको थालनी गरेको थियो ।
जुम्ली शब्दकोश बनाउन चाहिने आवश्यक शब्द सङ्कलनका लागि चन्दननाथ नगरपालिका–२ का ७६ वर्षीय रमानन्द आचार्यलाई जिम्मेवारी दिइएको थियो । अहिले आचार्य दिनरात सङ्कलित खस शब्दको अर्थ लगाउने कार्यमै व्यस्त छन । उनी एकाबिहानै खसिया आखर नामक पत्रिकाको कार्यालयमा आएर खस शब्दमै व्यस्त देखिए । खस शब्दमा दक्ष आचार्यले झण्डै ३५ हजारभन्दा बढी खस शब्द सङ्कलन गरिसकेका छन ।
आचार्यका अनुसार खस शब्द सङ्कलन गर्नेदेखि अर्थ लगाउनेसम्मको काम सकेका छन। कम्प्युटरमा टाइप गरेर प्रकाशनका लागि तयारी अवस्थामा पुगिसकेको छ । उनले आर्थिक अभावका कारण प्रकाशनमा ल्याउन नसकिएको जानकारी दिए। विसं २०६५ वैशाख ११ गते तत्कालीन स्थानीय विकास अधिकारी तिलक पौडेलले भाषा, संस्कृति र सभ्यता संरक्षणका लागि जुम्ली शब्दकोश प्रकाशन गर्ने निर्णय गरेका थिए । त्यसका लागि पहिलो वर्ष रु दुई लाख विनियोजन भएको थियो ।
पहिलो वर्ष शब्द सङ्कलन र आवश्यक सामग्री जुटाउनमै कार्य थालनी भएको थियो । विसं २०६७ मा कृष्णचन्द्र घिमिरे स्थानीय विकास अधिकारी भएर आएपछि जुम्ली शब्दकोश प्रकाशन गर्न चाहिने थप आवश्यक सामग्रीसहित शब्द सङ्कलनको कार्य अघि बढेको हो । जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा शब्द सङ्कलनका लागि टोली खटिएका थियो । जिल्ला समन्वय समिति बनेपछि जुम्ली शब्दकोश प्रकाशनको काम ओझेलमा परेको खसभाषाका जानकार आचार्यले बताए ।
















शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया