शुक्रबार, फागुन १, २०८२

एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी

मेरोन्यूज २०७९ साउन ११ गते १५:१३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । यसका लागि दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो ।

विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुस्ख पाउने गरेकाले यस पटक नतिजाअघि नै अधिकतम जाँच गरिएको परीक्षा नियन्त्रक रायमाझीले जानकरी दिए ।

प्रतिक्रिया