रेड्मी बडस् ३ लाइट अब नेपालमा, यस्ता छन् यसका विशेषता
सुन्न मन पर्दो, दाम भर पर्दाे

काठमाडा । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। शाओमीको रेड्मी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको बताएको छ । रेड्मी बडस् ३ लाइटमा प्रभावशाली सुविधाहरू साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टा सम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाई क्वालिटी साउन्ड प्रदान गर्छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले भन्नुभयो, “रेड्मीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । त्यसैगरी, हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट– “बडस् फर फन” लन्च गरेको छ । रेड्मीको बड्स ३ लाईटमा लामो समय सम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसन जस्ता थुप्रै विशेषताहरू समावेश छन् ।”
नयाँ लक–इन डिजाइन
रेड्मीको बडस् ३ लाईटको तौल ३५ ग्राम भन्दा कम छ। यसको नयाँ लक–इन डिजाइन इयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्द छ । यसमा भएको एर्गोनोमिक डिजाइनले यसलाई प्रयोग गर्न सहज आरामदाइ बनाउँछ जसले रेडमी बडस् ३ लाइटलाई व्यायामको लागि पनि उपयुक्त बनाउँछ ।
बेस्ट बीट अनि राम्रो बेस!
रेड्मीको बडस् ३ लाईटमा निरन्तर अडियो गुणस्तर सुनिश्चित गर्न साउन्ड ल्याब द्वारा ट्युन गरिएको ६mmको डायनामिक ड्राइभर समावेश गरिएको छ।
ड्रप अफ कल्स अब नो मोर!
राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागि रेड्मीको बडस् ३ लाईट ब्लुटुथ ५.२ को साथ निर्मित छ जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ । टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाईटमा अटो पेयरिङ्गको सुविधा सुनिश्चित छ ।
राम्रो प्लग र चार्ज
Type–C चार्जर समर्थन गर्ने रेड्मीको बडस् ३ लाईटसँग ५ घण्टाको चार्जमा पाउनुहोस् १८ घण्टा सम्म म्युजीक प्लेब्याक ।
धुलो र पानी प्रतिरोध
जिम होस् वा दैनिक यात्रा IP54* को धुलो र पानी प्रतिरोधी डिजाइन र अविश्वसनीय पर्फमेन्सको साथ रेड्मीे बडस् ३ लाईटको आनन्द लिनुहोस्। रेड्मीे बडस् ३ लाईट कालो रंगमा रु ३,३९९ मा उपलब्द छ । रेड्मीे बडस् ३ लाईट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक MI स्टोरहरूमा उपलब्ध हुनेछ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया