यी हुन् फिल्म नचल्दा आर्थिक संकट झेलेका बलिउड स्टार

काठमाडौं । कलाकारको सफलताको सूचक मापक उसको नाम र दाम नै हो । तर कहिलेकाहीँ नाम भएर पनि दामले साथ नदिँदा ती कलाकारको जीवन संकटग्रस्त बन्न पुग्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जो कलाकारितामा लोकप्रियता कमाए पनि कुनै समय फिल्मकै कारण चरम आर्थिक संकट परे ।
राज कपुर
राज कपुर बलिउडका प्रभावशाली सुपरस्टारको सूचीमा पर्ने अभिनेता हुन् । उनी अभिनयसँगै फिल्म निर्माण र निर्देशनमा उत्तिकै पोख्त थिए । सन् १९७० मा रिलिज उनको फिल्म ‘मेरा नाम जोकर’ बक्स अफिसमा पूर्ण रूपमा असफल रह्यो । यो फिल्म असफल हुँदा उनले करोडौं रुपैंयाँ घाटा व्यहोर्नुपरेको थियो ।
शाहरुख खान
बलिउडका ‘किङ खान’का रूपमा परिचित शाहरुखले आफ्नो करियरमा कैयौं उतारचढावको सामना गर्नुपरेको छ । फिल्म ‘रा.वन’को असफलतापछि उनी ठूलो आर्थिक संकटमा परेका थिए ।
अमिताभ बच्चन
अमिताभ बच्चनले आफ्नो ब्लगमा सन् २००० को घटनाको स्मरण गरेका छन् । ‘सन् २००० मा सारा विश्व नयाँ वर्ष मनाइरहँदा म आफ्नो दुर्भाग्य मनाउँदै थिए । मसँग फिल्म, पैसा र कम्पनी केही थिएन’, उनले लेखेका छन् ।
प्रीति जिन्टा
सन् २००० को प्रारम्भमा अभिनेत्री प्रिती जिन्टा बलिउडमा राम्रै चम्किइन् । सन् २०१३ मा उनले फिल्म ‘इश्क इन पेरिस’ निर्माण गरिन् । जुन बक्स अफिसमा फ्लप साबित भयो । फिल्म फ्लप भएसँगै उनी चरम आर्थिक संकटमा परिन् । यो बेला उनलाई मिल्ने साथी सलमान खानले सहयोग गरेका थिए ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया