यी हुन् फिल्म नचल्दा आर्थिक संकट झेलेका बलिउड स्टार

काठमाडौं । कलाकारको सफलताको सूचक मापक उसको नाम र दाम नै हो । तर कहिलेकाहीँ नाम भएर पनि दामले साथ नदिँदा ती कलाकारको जीवन संकटग्रस्त बन्न पुग्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जो कलाकारितामा लोकप्रियता कमाए पनि कुनै समय फिल्मकै कारण चरम आर्थिक संकट परे ।
राज कपुर
राज कपुर बलिउडका प्रभावशाली सुपरस्टारको सूचीमा पर्ने अभिनेता हुन् । उनी अभिनयसँगै फिल्म निर्माण र निर्देशनमा उत्तिकै पोख्त थिए । सन् १९७० मा रिलिज उनको फिल्म ‘मेरा नाम जोकर’ बक्स अफिसमा पूर्ण रूपमा असफल रह्यो । यो फिल्म असफल हुँदा उनले करोडौं रुपैंयाँ घाटा व्यहोर्नुपरेको थियो ।
शाहरुख खान
बलिउडका ‘किङ खान’का रूपमा परिचित शाहरुखले आफ्नो करियरमा कैयौं उतारचढावको सामना गर्नुपरेको छ । फिल्म ‘रा.वन’को असफलतापछि उनी ठूलो आर्थिक संकटमा परेका थिए ।
अमिताभ बच्चन
अमिताभ बच्चनले आफ्नो ब्लगमा सन् २००० को घटनाको स्मरण गरेका छन् । ‘सन् २००० मा सारा विश्व नयाँ वर्ष मनाइरहँदा म आफ्नो दुर्भाग्य मनाउँदै थिए । मसँग फिल्म, पैसा र कम्पनी केही थिएन’, उनले लेखेका छन् ।
प्रीति जिन्टा
सन् २००० को प्रारम्भमा अभिनेत्री प्रिती जिन्टा बलिउडमा राम्रै चम्किइन् । सन् २०१३ मा उनले फिल्म ‘इश्क इन पेरिस’ निर्माण गरिन् । जुन बक्स अफिसमा फ्लप साबित भयो । फिल्म फ्लप भएसँगै उनी चरम आर्थिक संकटमा परिन् । यो बेला उनलाई मिल्ने साथी सलमान खानले सहयोग गरेका थिए ।











तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया