आइतबार, वैशाख २०, २०८३

कोभिड-१९

थप ५६४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

सक्रिय संक्रमितको संख्या ३९२९ पुग्यो

मेरोन्यूज २०७९ साउन ११ गते १६:४०

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ५६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

Advertisement
NiccNicc

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५६४ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ४५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ७७८ जनाको पिसिआर र एक हजार १७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ३९२९ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा एक जनाको मृत्यु भएको छ। २०२ जना संक्रमित निको भएका छन्।

प्रतिक्रिया