यु २० साफः बंगलादेशसँग घरेलु टोली भारत स्तब्ध

काठमाडौं । यु–२० साफ च्याम्पियनसिप अन्तर्गत प्रतियोगितामा तेस्रो खेलमा बंगलादेशले लगातार दोस्रो जित निकाल्ने क्रममा घरेलु टोली भारतलाई २–१ अन्तरले स्तब्ध बनाएको छ ।
बुधबार भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतले बल पकड राम्रो बनाएपनि फिनिसिङमा चुक्दा घरेलु मैदानमा पहिलो खेलमै पराजित हुन पुग्यो ।
खेलमा तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए । खेलको २९औं मिनेटमा बंगलादेशका मोहम्मद नोभाले गोल गर्दै अग्रता दिलाए । उनले भारतीय डिफेन्डरको गल्तीको फाइदा उठाउँदै बक्स भित्रबाट सहज गोल गरे । तर, ३५औं मिनेटमा भारतका गुर्किरात सिंहले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले बक्स भित्रबाट हेड गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा नोभाले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई २–१ को जित दिलाए । भारतका डिफेन्डरले बंगलोदशका खेलाडीलाई बक्स भित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
यस अघि बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो । दोस्रो जितसँगै ६ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता भारतको भने कुनै अंक छैन ।
बुधबारै हुने दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० को नतिजामा हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ । नेपाल समेत लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया