महिला टोलीको साफ तयारी

काठमाडौं । भदौ तेस्रो साता नेपालमा छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप हुँदैछ । च्याम्पियनसिपका लागि यति बेला महिला टोली अभ्यासमा ब्यस्त छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लव एपिएफका प्रशिक्षक कुमार थापाले नेपाली महिला टोलीलाई प्रशिक्षण दिएका हुन् ।
उपविजेता भन्दा माथि पुग्न नसेकेको टोली घरेलु मैदानलाई सदुपयोग गर्दै इतिहास रच्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको छ । दक्षिण एशियाको प्रतिष्ठित प्रतियोगिता महिला साफको छैठौं संस्करण भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।
एन्फामा नयाँ नेतृत्व आएसँगै नेपालले आयोजनाका लागि प्रश्ताव गरेको थियो । साफ इतिहासमा उपविजेता भन्दा माथि पुग्न नसकेको नेपाली टोलीलाई प्रशिक्षणको जिम्मा एन्फाले कुमार थापालाई दिएको छ । थापाले ५८ खेलाडीलाई अहिले प्रशिक्षण गराइरहेका छन् । करिव एक साता अभ्यास गरिसकेको नेपाली टोलीले यसअघि राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण अन्तर्गत एशियन गेम्सका लागि अभ्यास गरेको थियो ।
यसअघि पनि महिला टोलीको जिम्मेवारी सम्हालिसक्नुभएका कुमार थापाले काठमाडौंमा प्रतिष्पर्धी टोली बढ्दै गएको अवस्थापनि घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिता सफलता निकाल्ने लक्ष्यका साथ तयारी गरिरहेको बताए ।
यसअघि साफ नेपालमा दुई संस्करण सम्पन्न भइसकेको छ । विराटनगर र पोखरा सम्पन्न भएका प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।
चार संस्करणमा उपविजेता हुँदा भारत नेपालको तगारो हुँदै आएको छ । अनुभव लिइरहेको स्थानमा खेलेर उपाधि लक्ष्य राख्नु स्वभाविक पनि हो । प्रतियोगिता हुने मिति नजिकिएसँगै तयारी शुरु गर्ने रोग नेपाली फुटबलको हो ।
अझ महिला प्रतियोगिता सिमित हुने गरेका छन् । प्रशिक्षक थापाले महिला फुटबलको संरचना नै कमजोर भएको भन्दै ७ हप्ताको अवसर पर्याप्त भएको प्रतिक्रिया दिए । नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनपसिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ ।
स्थान व्यवस्थापकमा रविन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रुपमा दिनेश व्यञ्जनकारलाई जिम्मेवारी दिइएको छ । सञ्जिव शिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ । नेपालमा तय भएको प्रतियोगिता पूर्व घोषित मिति भन्दा एक साता पछि धकेलिएको छ ।
यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिवन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिष्पर्धा गर्ने तालिका रहेको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया