महिला टोलीको साफ तयारी

काठमाडौं । भदौ तेस्रो साता नेपालमा छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप हुँदैछ । च्याम्पियनसिपका लागि यति बेला महिला टोली अभ्यासमा ब्यस्त छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लव एपिएफका प्रशिक्षक कुमार थापाले नेपाली महिला टोलीलाई प्रशिक्षण दिएका हुन् ।
उपविजेता भन्दा माथि पुग्न नसेकेको टोली घरेलु मैदानलाई सदुपयोग गर्दै इतिहास रच्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको छ । दक्षिण एशियाको प्रतिष्ठित प्रतियोगिता महिला साफको छैठौं संस्करण भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।
एन्फामा नयाँ नेतृत्व आएसँगै नेपालले आयोजनाका लागि प्रश्ताव गरेको थियो । साफ इतिहासमा उपविजेता भन्दा माथि पुग्न नसकेको नेपाली टोलीलाई प्रशिक्षणको जिम्मा एन्फाले कुमार थापालाई दिएको छ । थापाले ५८ खेलाडीलाई अहिले प्रशिक्षण गराइरहेका छन् । करिव एक साता अभ्यास गरिसकेको नेपाली टोलीले यसअघि राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण अन्तर्गत एशियन गेम्सका लागि अभ्यास गरेको थियो ।
यसअघि पनि महिला टोलीको जिम्मेवारी सम्हालिसक्नुभएका कुमार थापाले काठमाडौंमा प्रतिष्पर्धी टोली बढ्दै गएको अवस्थापनि घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिता सफलता निकाल्ने लक्ष्यका साथ तयारी गरिरहेको बताए ।
यसअघि साफ नेपालमा दुई संस्करण सम्पन्न भइसकेको छ । विराटनगर र पोखरा सम्पन्न भएका प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।
चार संस्करणमा उपविजेता हुँदा भारत नेपालको तगारो हुँदै आएको छ । अनुभव लिइरहेको स्थानमा खेलेर उपाधि लक्ष्य राख्नु स्वभाविक पनि हो । प्रतियोगिता हुने मिति नजिकिएसँगै तयारी शुरु गर्ने रोग नेपाली फुटबलको हो ।
अझ महिला प्रतियोगिता सिमित हुने गरेका छन् । प्रशिक्षक थापाले महिला फुटबलको संरचना नै कमजोर भएको भन्दै ७ हप्ताको अवसर पर्याप्त भएको प्रतिक्रिया दिए । नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनपसिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ ।
स्थान व्यवस्थापकमा रविन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रुपमा दिनेश व्यञ्जनकारलाई जिम्मेवारी दिइएको छ । सञ्जिव शिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ । नेपालमा तय भएको प्रतियोगिता पूर्व घोषित मिति भन्दा एक साता पछि धकेलिएको छ ।
यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिवन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिष्पर्धा गर्ने तालिका रहेको छ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया