बाबुरामले दर्ता गरे निर्वाचन आयोगमा ‘नेपाल समाजवादी पार्टी’
मेरोन्यूज
२०७९ साउन १२ गते १८:०५

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ पार्टी नेपाल समाजवादी पार्टी निवार्चन आयोगमा दर्ता गरेका छन् । बिहीबार आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको पार्टीका केन्द्रीय सदस्य विश्वदिप पाण्डेले बताए । जसपा छोडेर भट्टराई नयाँ पार्टी गठनमा लागेका थिए । उक्त नयाँ पार्टी निवार्चन आयोगमा आज दर्ता गरेका हुन् ।
दलको नाम नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको पाण्डेले बताए । अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्ने सोही पार्टीका एक नेताले बताए ।
जसपामै रहँदा पार्टीभित्र विवाद उठेपछि बाबुराम पत्नी हिशिला यमीको सक्रियतामा लामिछानेको नेतृत्वमा चुनाव चिन्ह पकड गर्न बाबुराम पक्षले उक्त पार्टी निर्वाचन आयोगमा दर्ता गराएको आरोप उपेन्द्र यादव पक्षले त्यसबेला देखि नै लगाउँदै आएको थियो ।
सम्बन्धित

















वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते
झापाबाट काठमाडाैं फर्किए पूर्वराजा ज्ञानेन्द्र
नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया