शुक्रबार, वैशाख २५, २०८३

बैंकिङ कसूर मुद्दामा २२ वर्षीय युवक पक्राउ

मेरोन्यूज २०७९ साउन १३ गते २०:२६

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका १० नयाँ बजार बस्ने दाङ तुलसीपुर उपमहानगर ९ घर भएका २२ वर्षीय सागर गुप्ताल रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
NiccNicc

उच्च अदालत पाटनले २०७७ असोज ८ गते उक्त मुद्दामा उनलाई ३ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका १० नयाँ बजारबाट पक्राउ गरेको हो ।

गुप्ताले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी ग्लोबल आईएमई बैंक लिमिटेड कीर्तिपुर शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया