आइतबार, वैशाख २०, २०८३

स्पेनमा मङ्कीपक्सबाट दोस्रो विरामीको मृत्यु

मेरोन्यूज २०७९ साउन १४ गते २१:०३

काठमाडौँ । स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मङ्कीपक्सका कारण मृत्यु भएको शनिबार जनाएको हो ।

Advertisement
NiccNicc

यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उक्त जानकारी दिएको हो । मन्त्रालयले भनेको छ, ‘कूल तीन हजार ७५० मा मङ्कीपक्स संक्रमणको शंका गरिएको छ, उनीहरूमध्ये १२० जनालाई अस्पतालमा भर्ना गरिएको छ, दुई जनाको मृत्यु भएको छ ।’

मन्त्रालयको रिपोर्टमा थप भनिएको छ, ‘मृतकमध्ये ‘दुई युवकहरू’ थिए, दुवै मृत्युका बारेमा थप अध्ययनहरू भइरहेका छन् ।’ स्वास्थ्य मन्त्रालयको आकस्मिक तथा सचेतना समन्वय केन्द्रका अनुसार स्पेनमा कूल चार हजार २९८ जनालाई मङ्कीपक्सको संक्रमण भएको हुन सक्ने प्रारम्भिक परीक्षणले देखाएको छ ।

मङ्कीपक्स संक्रमण हुनेमा स्पेन विश्वकै बढी प्रभावित मुलक बनेको छ । ब्राजिलले पनि गत शुक्रबार आफ्नो मुलुकमा मङ्कीपक्स संक्रमित पहिलो विरामीको मृत्यु भएको घोषणा गरेको थियो ।

यस पहिले अफ्रिकामा मङ्कीपक्स संक्रमित नागरिकको मृत्यु भएको थियो । अफ्रिकामा सन् १९७० मा पहिलोपटक पत्ता लागेको यो भाइरसले यहाँ तत्कालिन समयमा महामारीको रूप लिएको थियो ।

प्रतिक्रिया