पदाधिकारी टुंगो लगाउन कठिन भयो : महरा
मेरोन्यूज
२०७९ साउन १५ गते १५:१८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पदाधिकारी टुंगो लगाउन कठिन भएको बताएका छन् । पार्टीको निकट प्रेस सेन्टरको पदाधिकारीलाई प्रमाण पत्र वितरण गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामीलाई पदाधिकारी टुंगो लगाउन धौ–धौ भयो, आज टुङ्ग्याउने भन्ने थियो, अझै मिलेको छैन,’ प्रवक्ता महराले भने, ‘आजको बैठक सर्यो, अब २५ गतेको बैठकमा के हुन्छ ।’
आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिति बैठक स्थगित भएको थियो । संसद बैठक र अर्थमन्त्रीको सपथका कारण बैठक स्थगित भएको हो ।
आगामी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमण गरी फर्केपछि मात्रै बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
सम्बन्धित
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया