कहाँ पुग्यो समाजवादी केन्द्रको योजना ?, एकता संयोजन समितिको चर्चा जारी
प्रचण्ड जापानबाट फर्केलगत्तै माओवादी, एकीकृत समाजवादी र बामदेवको पार्टीबीचमा संयोजन समिति बनाउने तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)देखि बाबुराम भट्टराई र बामदेव गौतमसम्म मिलेर समाजवादी केन्द्र निर्माणको चर्चा केही दिन जोडतोडका साथ चल्यो । यसैबीच जसपाका अध्यक्ष उपेन्द्र यादवले यसबारे आफूलाई थाहा नभएकाले यस्तो मोर्चामा नरहेको बताइदिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले समाजवादी केन्द्रको अगाडि नेकपा थप्ने विषयमा असहमति जनाइदिए । लगत्तै उनले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्नसम्म भ्याए ।
बाबुराम र उपेन्द्रले आफै पार्टीको अध्यक्ष बन्ने निश्चित भएसँगै समाजवादी केन्द्र निर्माणको विषय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवालीका अध्यक्ष माधव नेपाल र नेता बामदेव गौतमबीच मात्र सिमित बन्न पुग्यो । समाजवादी केन्द्र बन्ने र बनाउने विषयले राम्रै चर्चा पाइरहँदा प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने घोषणा गरिदिए ।
केही नेताहरूले समाजवादी केन्द्रको गृहकार्य गरे पनि तत्काल नबन्ने बताउँदै प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई कसिलो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सत्ता साझेदारी दल नेपाली कांग्रेससँगै आगामी चुनावसम्म सँगै जाने प्रष्ट पारे । उनले सत्ता गठबन्धनलाई जोड दिएसँगै समाजवादी केन्द्र गठनको विषय ओझेलमा परेको छ ।
अब प्रश्न आउँछ, यो विषय सेलाएकै हो त ? माओवादी केन्द्र, एकीकृत समाजवादी र बामदेव गौतमको नेकपा राष्ट्रिय एकता अभियानबीचको मोर्चाबन्दी हुन्छ कि हुँदैन ?
माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले मेरोन्यूजसँग भने, ‘समाजवादी केन्द्र बन्ने विषय अहिले पछाडि परेको छ, तर चुनावी मोर्चा बनाउने, एउटै चुनाव चिन्हमा चुनाव लड्नेसम्मको विषयदेखि एकता संयोजन समिति बनाउने विषयमा भने छलफल जारी छ ।’
उनका अनुसार आगामी संघ र प्रदेशसभा निर्वाचनसम्म एकता संयोजन समिति गठन गरेर जानेमा शीर्ष नेताहरू सहमत देखिएका छन् । केही दिनयता यी नेताहरूको बैठक भने बस्न सकेको छैन । अध्यक्ष नेपाल आफ्नो पार्टीको कामका लागि सुदूरपश्चिम प्रदेशमा व्यस्त छन् । यसले गर्दा पनि बैठक बस्न सकेको छैन । स्रोतका अनुसार उनी काठमाडौं फर्केलगत्तै बैठक बस्ने भएको छ ।
‘माओवादी अध्यक्षले माधव नेपाल काठमाडौँ फर्केलगत्तै बैठक बस्ने र संयोजन समिति बनाउने विषयमा केही निर्णायक छलफल गर्ने भन्नु भएको छ, माधव नेपाल आइतबार फर्किने भने पनि फर्किन नसकेकाले ढिलाइ भइरहेको हो कि !,’ वामदेव गौतमको नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका एक नेताले भने, ‘नेताहरूको व्यस्तताले गर्दा प्रचण्डको जापान भ्रमणपछि पनि बैठक बस्न सक्छ ।’
प्रचण्ड यही २१ गते पाँच दिने भ्रमणका लागि जापान जाँदै छन् । त्यसअगाडि शीर्ष नेताहरूले आफ्नो समय मिलाउन सके संयोजन समिति बनाउने अधिकतम पहल गर्ने र नभए प्रचण्ड जापानबाट फर्केपछि गृहकार्य गर्ने गरी नेताहरूबीच तयारी रहेको माओवादीका एक नेताले बताए ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया