वर्षाले उदयपुरको जनजीवन प्रभावित : रिस्कुमा ट्रक बग्यो, कटारीमा डुबान

उदयपुर । अविरल वर्षाले कटारीको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको बाढीले कटारी नगरपालिका ७ रिस्कुस्थित बैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ । सोमबारेबाट रिस्कूतर्फ हिँडेको बागमती प्रदेश ००३००१ ख २०६१ नम्बरको ट्रक बगाएको हो ।
बाढी आएपछि खोला किनारमा रहेको खाली ट्रक बगाएको स्थानीयले बताएका छन् । रिस्कुतर्फ काठ लिन हिँडेको खाली ट्रक खोलाले बगाएको हो ।त्यसैगरी वर्षाकाले कटारी ४ को बजार क्षेत्र डुबानमा परेको छ । बजारसँगै सिद्धिचरण लोकमार्गको सडक नै डुबानमा पर्दा आउजाउमा समेत समस्या भएको छ । स्थानीयले घर नै भत्काएर लैजान लागेको बताउँदै नगरमा गुनासो गरेका थिए ।
दिगो ढलनाला व्यवस्थापन नहुँदा वर्षादमा कटारी बजारका पसल तथा घर डुबानमा पर्ने गरेका छन् । डुबानले जनजीवन प्रभावित भएपछि स्थानीय आक्रोशित भएका छन् । कटारीका जनप्रतिनिधिले समस्या समाधानमा चासो नदिएको बताउँदै उनी नगरपालिका पुगेका थिए ।
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया