खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

काठमाडौं । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ । यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए ।
उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भएका छन् । यसैगरी अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भयो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरिन् ।
कूल ४८ टिमले नाम दर्ता गराएका मध्ये ४५ टिमले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका संयोजक जीवन दाहालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता समूहले रु छ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी उपविजेता समूहले रु चार लाख, तृतीय हुन सफल दुई समूहले रु डेढ-डेढ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो भने नवप्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई रु १० हजार प्रदान गरिएको थियो । पाँच दिनसम्म पोखराको सभागृहमा चलेको प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौँ र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगिताको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको थियो ।
यो प्रतियोगीतामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी रहेका थिए।
लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६औँ जन्मजयन्तीका अवसर पारेर यो कार्यक्रम आयोजना गरिएका हो । विसं २००३ साउन १२ गते पोखरामा जन्मिएका शेरचनको विसं २०६७ माघ २४ गते निधन भएको थियो ।
















साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया