खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

काठमाडौं । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ । यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए ।
उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भएका छन् । यसैगरी अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भयो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरिन् ।
कूल ४८ टिमले नाम दर्ता गराएका मध्ये ४५ टिमले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका संयोजक जीवन दाहालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता समूहले रु छ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी उपविजेता समूहले रु चार लाख, तृतीय हुन सफल दुई समूहले रु डेढ-डेढ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो भने नवप्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई रु १० हजार प्रदान गरिएको थियो । पाँच दिनसम्म पोखराको सभागृहमा चलेको प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौँ र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगिताको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको थियो ।
यो प्रतियोगीतामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी रहेका थिए।
लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६औँ जन्मजयन्तीका अवसर पारेर यो कार्यक्रम आयोजना गरिएका हो । विसं २००३ साउन १२ गते पोखरामा जन्मिएका शेरचनको विसं २०६७ माघ २४ गते निधन भएको थियो ।










फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया