अन्तिम टी २० मा भारतको सहज जित

काठमाडौं । भारतले पाँचौँ टी२० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३(१ ले आफ्नो पक्षमा पारिसकेको थियो । पाँचौ खेलमा निकालेको जितपछि भारतले शृंखला ४-१ ले जित्यो ।
भारतले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.४ ओभरमा मात्र एक सय रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि सिमरोन हेटमायरले ३५ बलमा पाँच चौका र चार छक्का मद्दतमा ५६ रन जोडे । अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनको योगफल तयार पारेको थियो । भारतका लागि श्रेयष एैयरले ४० बलमा आठ चौका र दुई छक्काको मद्दतमा ६४ र दिपक होड्डाले ३८ रन जोडे ।
वेस्ट इन्डिजका ओडिन स्मिथले तीन तथा डोमिनिक डार्क, जेसन होल्डर र हेडेन वाल्सले समान एक विकेट लिए ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया